के देउवाले पुरा गर्लान त डा.केसिका मागहरु ?

  • नेपाल राष्ट्रिय दैनिक
  • December 30, 2021
dr kccccccccccccc

प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच बालुवाटारमा वार्ता भएको छ । वार्तामा प्रधानमन्त्री देउवाले डा केसीसँग गरेका प्रतिबद्धता र डा केसीले राख्नुभएको ७ बुँदे मागबारे छलफल भएको थियो । वार्तामा केसीसहित उनका अन्य सहयोगीहरुको पनि सहभागिता रहेको थियो भने सरकारको तर्फबाट पुर्व स्वास्थ्य मन्त्री गगन थापा र अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

डा. केसीले भ्रष्टाचारमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई तत्काल बर्खास्त गरी न्यायिक आयोग बनाएर छानबिन सुरु गर्नुपर्ने, सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई बर्खास्त गर्नुपर्ने, अवैध रुपमा अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजीलगायतका सातबुँदे माग सरकारले तत्काल पूरा गर्नुपर्ने माग प्रस्तुत गर्नुभएको थियो ।

डा.केसी बिभिन्न सरकारको पालामा आम नागरिकको मुद्दालाई लिएर पटक पटक अनशन र धर्नामा बस्नुभएको थियो । सरकार बाहिर रहंदा डा. केसीको मागहरु जायज छन् भनेर उनको समर्थन गरेको कांग्रेसले अब आफु सरकारमा हुंदा डा केसिको मागहरु सम्बोधन गर्छ या गर्दैन भन्ने कुरा आम चासोको विषय बनेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५