शनिबार दाङको भालुवाङमा कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनसम्म पाँच दलको गठबन्धन कायम रहने बताउनुभएको छ ।
उहांले भन्नुभयो,”कुनै पनि दलको एकल बहुमत बन्ने सम्भावना छैन । त्यसैले पाँच दलको गठबन्धनबाट राष्ट्रियसभामा साझा उम्मेदवार बनाउँछौं।” उहांले एकीकृत नेकपा (माओवादी) सँग एकताको आरोपमा सत्यता नभएको तर तत्काल कुनै कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना नदेखिए पनि निकट भविष्यमा साना वामपन्थी दलबीच एकता हुनसक्ने बताउनुभयो ।
अर्को सन्दर्भमा नेपालले एमसीसी अहिलेको अवस्थामा पास गर्न नहुने बताउनुभएको छ । उहांले भन्नुभयो,”नेपालको आन्तरिक मामिलामा अरूले हस्तक्षेप गर्न ढोका खोल्ने कुनै पनि कुरा हामी स्वीकार गर्न सक्दैनौं। सेना र सुरक्षासँग सम्बन्धित नभएका विषयलाई मात्र स्वीकार्य हुने उहांले बताउनुभयो ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्