महिला भलिबल च्यालेन्ज कपमा नेपाल अंकतालिकाको शीर्ष स्थानमा

  • नेपाल राष्ट्रिय दैनिक
  • December 25, 2021

बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार तेस्रो जित हातपारेको छ ।

शुक्रबार भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको हो । वरियता क्रममा नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो ।

नेपालले आफ्नो चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ ।६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन् ।

Share :
1289134382can

ओमानमा हुने टी–२० विश्वकप एसिया छनोटका लागि नेपाली टिम घोषणा

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुने नेपाली टिम घोषणा गरेको छ। शुक्रबार सार्वजनिक गरिएको १५ सदस्यीय टोलीको नेतृत्व रोहितकुमार पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दिपेन्द्र ऐरीलाई दिइएको छ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ शेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५