काठमाडौँ- चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एमबीबीएस र बीडीएस कार्यक्रमका सिट संख्या बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमबीबीएसको सिट अधिकतम १०० बाट १३० र बीडीएसको ५० बाट ६० पुर्याउने निर्णय गरेको हो।
मेडिकल कलेजको पूर्वाधार र फ्याकल्टीको आधारमा सिट निर्धारण गरिनेछ। विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसलाई १३० सिट, र पोखराको मणिपाल शिक्षण अस्पताललाई १२० सिट दिने निर्णय भएको छ।
यसअघि निजी मेडिकल कलेज सञ्चालकहरूले सिट संख्या र शुल्क वृद्धि गर्न दबाब दिँदै आएका थिए। वैशाखमा गठन गरिएको ११ सदस्यीय कार्यदलले सिट र शुल्क पुनरावलोकन गर्न सकिने सुझाव दिएको थियो। तर, चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सिट र शुल्क वृद्धि नगर्न चेतावनी दिएका छन्।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्