कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा : एकको मृत्यु र ४७ घाइते

  • नेपाल राष्ट्रिय दैनिक
  • August 9, 2025
kailali karagar

धनगढी – कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच भएको भीषण झडपपछि कैदीहरूले सम्पूर्ण कारागार नियन्त्रणमा लिएका छन्। घटनामा लागुऔषध मुद्दाका ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने अन्य ४७ जना घाइते भएका छन्, जसमा गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरी आईसीयूमा उपचाररत छन्।

१५० जनाको क्षमता भएको कारागारमा करिब ७०० कैदी छन्। सुरक्षाकर्मीहरू अहिले पनि भित्र पस्न नसकेको र भित्रको क्षति विवरण अज्ञात रहेको सुरक्षा स्रोतले जनाएको छ। कैदीहरूले थुनुवा कक्षको मुख्य गेटमा भित्रबाट ताल्चा लगाएर ग्याँस सिलिन्डर राखी, कोही प्रवेश गरे विस्फोट गराउने धम्की दिएका छन्।

झडपको क्रममा ब्लक ए का कैदीहरूले वर्षौंअघि इँटाले टालिएको ढोका जिमखानाका सामान प्रयोग गरी फोडी ब्लक बी मा प्रवेश गरेका थिए। त्यहाँ निद्रामा रहेका कैदीहरूलाई रड, खुकुरी, चक्कु, इँटा आदिबाट अन्धाधुन्ध आक्रमण गरी केहीलाई आफ्नै ब्लकमा ल्याएर समेत कुटपिट गरिएको बताइएको छ।

यो आक्रमणको प्रमुख कारण भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न कैदीको सरूवा र कारागारको नाइके परिवर्तनसँग जोडिएको छ। यसअघि पनि यही विषयमा बिहीबार झडप हुँदा पाँच जना घाइते भएका थिए। शुक्रबार राति आक्रमण गर्ने समूहमा बडुवाल हत्या, अर्जुन दास हत्या, र अत्तरियामा विधुत कर्मचारीमाथि खुकुरी प्रहार गर्ने अभियुक्तहरू रहेका थिए।

स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई आक्रमणको योजना भएको जानकारी घटनाको दिनमै दिइए पनि उनले यसलाई सामान्य रूपमा लिँदा परिस्थिती गम्भीर मोडमा पुगेको आरोप छ।

अहिले पनि कारागारभित्र स्थिति तनावपूर्ण रहेको र सुरक्षाकर्मीहरू प्रवेशको प्रयास गरिरहेको, तर विस्फोटको धम्कीका कारण अवस्था संवेदनशील रहेको जनाइएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५