प्यालेस्टिनी अधिकारीहरू र मिडिया रिपोर्टहरूका अनुसार मध्य गाजाको एक अस्पताल वरपर इजरायली हमलामा पाँच पत्रकार मारिएका छन्।
अल-कुड्स टुडे च्यानलका पत्रकारहरू नुसेरात शरणार्थी शिविरमा अवस्थित अल-अवदा अस्पताल नजिकै घटनाहरू कभर गर्दै थिए, जब तिनीहरूको प्रसारण भ्यान इजरायली हवाई हमलामा परेको थियो।
मृत्यु हुने पत्रकारहरुको नाम फादी हसौना, इब्राहिम अल शेख अली, मोहम्मद अल लदाह, फैसल अबु अल कुमसान र अयमान अल-जादी रहेको छ ।
पत्रकारहरू “प्रेस” शब्दहरू स्पष्ट रूपमा चिन्ह लगाइएको भ्यानमा सुतिरहेका थिए । इजरायली हवाई हमला पछि, प्यालेस्टाइनी स्याटेलाइट टिभी च्यानलको गाडी पूर्ण रुपमा क्षति भएको र भ्यानमा सुतिरहेका सबैको मृत्यु भएको बताइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्