काजाकिस्तानमा ६७ जना यात्रु बोकेको एउटा यात्रुवाहक विमान दुर्घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा परेका २५ जना जिवित रहेको र उनीहरुमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ।
अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित उक्त विमान अक्ताउ सहर नजिकै खसेको थियो। के कारणले दुर्घटना भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य रहेको त्यहाँको मन्त्रालयले जनाएको छ ।
अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नी जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान जे-२-८२४३ कुहिरोका कारण बाटो मोडिएको बताइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्