एच फाइभ एन वान भाइरसको प्रकोपलाई लिएर क्यालिफोर्नियामा आपतकाल घोषणा

  • नेपाल राष्ट्रिय दैनिक
  • ४ पुष २०८१, बिहीबार ०९:४०
h5n1 avian influenza

क्यालिफोर्नियाले भाइरसको प्रकोपलाई लिएर आपतकाल घोषणा गरेको छ

दक्षिणी क्यालिफोर्नियामा दुग्ध गाईहरूमा एच फाइभ एन वान एभियन इन्फ्लुएन्जा भाइरसको नयाँ केसहरू फेला परेपछि गभर्नर गेभिन न्यूजमले आपतकालिन अवस्थाको घोषणा गरेका छन्।

यो भाइरस मार्चदेखि युएस डेयरी गाईवस्तुहरू मार्फत फैलिएको बताइएको छ र कम्तिमा १६ राज्यहरूलाई यसले असर गरिरहेको छ। रोग नियन्त्रण र रोकथाम केन्द्रहरूले भने यो रोग एक मानिस देखि अर्को मानिसमा फैलेको अहिलेसम्म कुनै पनि पुष्टि गरेको छैन। यधपी क्यालिफोर्नियामा ३४ जना मानिस सहित विश्वभर ६१ जना मानिसहरुमा यो संक्रमण पत्ता लगाइएको छ।

एच फाइभ एन वान भाइरस मानव संक्रमणको सन्दर्भमा विशेष गरी खतरनाक मानिन्छ। विश्व स्वास्थ्य संगठनले २००३ यता ८६० भन्दा बढी मानिसमा यो रोग भएका घटनाहरू रेकर्ड गरेको छ, जसमा लगभग ५३ प्रतिशतको मृत्यु भएको छ। जुन २०२२ मा कुखुरा फार्महरूमा सुरु भएको यो रोगको फैलावटलाई नियन्त्रण गर्ने प्रयासमा १० करोड भन्दा बढी चराहरूलाई मारिएको थियो। क्यालिफोर्निया आपतकालिन घोषणा गर्ने पहिलो राज्य हो।

यो रोगको संक्रमणसंगै खाद्य र औषधि प्रशासनले उपभोक्ताहरूलाई काँचो दूध नपिउन सल्लाह दिएको छ।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५