प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको उम्मेदवारी विरुद्ध उजुरी

  • नेपाल राष्ट्रिय दैनिक
  • २४ आश्विन २०७९, सोमबार १७:००
Sher bd

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।

नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति रहेकोले उनको उम्मेदवारी रद्द हुनुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।

देउवाको नागरिकतामा वि.सं. २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेकोमा उनको मतदाता नामावलीमा भने २००२ जेठ ३१ गते रहेको छ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृतले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गर्दै, उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको र देउवा विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने बताएका छन्।

२०७४ को निर्वाचनमा कांग्रेसबाटै प्रदेश सभामा निर्वाचित भएका मल्लले अहिले भने बीपी कांग्रेसबाट देउवाको विरुद्द उम्मेद्वारी दर्ता गराएका छन् र उनलाई सो क्षेत्रमा एमालेले सघाउने बुझिएको छ।

matadaataa naamawali sher bahadur
she bahadur deuba nagarikata
Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५