सुनसान काठमाडौँ……

  • नेपाल राष्ट्रिय दैनिक
  • १७ आश्विन २०७९, सोमबार १७:०८
WhatsApp Image 2022 10 03 at 11.27.03
WhatsApp Image 2022 10 03 at 11.28.04 1

घरबाट टाढा रहेको एउटा घर हो काठमाडौँ। रोजगारी, उच्च शिक्षा वा अन्य विभिन्न शिलशिलामा काठमाडौँमा बसोबास गर्दै आइरहेका तर काठमाडौँमा घर नभएका देशका सबै नेपालीहरुको आफ्नो घर पछिको घर हो काठमाडौँ। तर दशैँ लागेसँगै यतिबेला नेपालीहरु आ-आफ्नो गाउँघर फर्किएका छन्। अझ भनौँ कर्मथलो छोडेर जन्मथलो फर्किएका छन्।

सँधै कोलाहाल र व्यस्त देखिन काठमाडौँ पनि यतिबेला सुनसान बनेको छ। सडकमा फाट्ट-फुट्ट निजि सवारी ,भाडाका ट्याक्सिहरु र केहि सफा टेम्पो र माइक्रोको आवत-जावत देखिन्छ। अधिकांश पसलका सटरहरू बन्द भइसके । आन्दोलन र प्रदर्शनको प्रतिक जस्तै बनेको माइतिघर पनि यतिबेला शान्त छ। यस्तो लाग्छ ,आवाज बिहिनहरुको आवाज बनेर सिङ्गो समाज र सरकार विरुद्ध विद्रोहको चर्को-चर्को नारा गुञ्जिरहने माइतीघर पनि , चरम युद्धको नेतृत्व गरेर थाकेको सिपाही जस्तो, अहिले विश्रामको अवस्थामा छ। रातको ३-४ बजेसम्म गुनगुनाउने काठमाडौँकै केन्द्र बनेको ठमेल पनि अहिले त सम्साँझैँ सुते जस्तो भान हुन्छ। यस्तो लाग्छ अहिले सिङ्गो काठमाडौँ मस्त निन्द्रामा छ।

WhatsApp Image 2022 10 03 at 11.27.03
WhatsApp Image 2022 10 03 at 11.28.11
WhatsApp Image 2022 10 03 at 11.28.58 1
WhatsApp Image 2022 10 03 at 11.29.42
WhatsApp Image 2022 10 03 at 11.28.59
WhatsApp Image 2022 10 03 at 11.28.58
WhatsApp Image 2022 10 03 at 11.29.05
rajan sir

राजन भुजेल-काठमाडौँ
नेपाल राष्ट्रिय दैनिक

Share :
cabinet oli

ओली सरकारको २२ सदस्यीय नयाँ मन्त्रिपरिषद गठन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले प्रधानमन्त्रीको सपथ लगत्तै पद तथा गोपनियताको शपथ लिएका छन् । ओली सरकारको २२ सदस्यीय नयाँ मन्त्रिपरिषदमा मन्त्रीहरुको कार्यविभाजन यसप्रकार रहेको छ- १‍. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५