नवरात्रिको सातौँ दिन: घर–घरमा फूलपाती भित्र्याइँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • October 2, 2022
fulpati saptami

आज नवरात्रिको सातौँ दिन,आश्विन शुक्ल सप्तमी, देवी कालरात्रि स्वरुपा दुर्गा भवानीको विशेष पूजा अर्चना गरि घर–घरमा फूलपाती भित्र्याउने गरिन्छ ।

बडा दशैंको सातौँ दिन आज दुर्गा भवानीको सातौँ स्वरूप कालरात्रिको विधिवत अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी पूजा गर्ने गरिन्छ । शास्त्रीय विधिअनुसार आज घर–घरमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याएर मनाइन्छ । शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष फूलपातीको रुपमा भित्र्याउने गरिन्छ ।

काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा आज बाजागाजा सहित गोर्खा दरबारबाट ल्याइएको फूलपाती भित्र्याइन्छ। गोरखा दरबारस्थित दशैं घरबाट आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाइएको छ। श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायाण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि, हरेक वर्ष गोरखा दरबारको दशैं घरबाट ल्याइएको फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा भित्र्याउने प्रचलन रहँदै आएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५