मन्त्रिपरिषद पुनर्गठन:मन्त्रीमण्डलमा एकीकृत समाजवादीका नयाँ अनुहार

  • नेपाल राष्ट्रिय दैनिक
  • June 26, 2022
pradhanmantri karyalay mantrparishad

राष्ट्रपति कार्यालयले संबिधानको धारा ७६ को उपधारा ९ र धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्रीहरु नियुक्त गरेको जनाएको छ।
पार्टीबाट पुराना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रि नियुक्त गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको हो।

मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्रै आन्तरिक विवाद चुलिएको लामो समयपछि एकीकृत समाजवादीले नयाँ अनुहारहरुलाई मन्त्रीमण्डलमा समावेश गरेको हो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर एकीकृत समाजवादीकै नयाँ अनुहारहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री,मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरिएको छ।

mantriparishad
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५