५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि ८४ लाख मात्रा खोप आवश्यक

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022
fizer

नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूका लागि कोरोनाभाइरस विरुद्धको ८४ लाख मात्रा खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

्यसै क्रममा बालबालिकाहरूलाई लगाइने फाइजर खोप आयातका लागि तयारी भइरहेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले वैशाखदेखि जेठ सम्ममा बालबालिकालाई खोप दिइने बताउँदै आएका छन् । ८४ लाख मात्रा फाइजर खरिद प्राप्त गर्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताउनुभयो ।

यस्तै, एक साताभित्र कोरोना भाइरस विरुद्धको ४५ लाख मात्रा खोप आइपुग्ने भएको छ । चीन सरकारको सहयोगमा उक्त मात्राको सिनोभ्याक्स खोप पाइपुग्ने आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. चौरसियाले बताउनुभयो ।

यस्तै, ११ वर्षदेखि १७ वर्षसम्मका बालबालिका लागि अनुदान सहयोगमा चैत्र १२ गते र १४ गते १५ लाख मात्रा फाइजर खोप आउँदै छ । सरकारले हालसम्म कोरोनाविरुद्धको खोप खरिद र अनुदान सहयोगमा विभिन्न कम्पनीका ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोभिसिल्ड, भेरोसेल, फाइजर, मोडर्ना, एष्ट्राजेनिका, जोन्सन लगायत खोप प्राप्त गरेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५