जापानमा कोभिड विरुद्धका प्रतिबन्धहरु हटाइयो

  • नेपाल राष्ट्रिय दैनिक
  • March 22, 2022

जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ ।

जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो ।

जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई हटाएको जनाएको समाचारमा बताइएको छ । यसरी प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो र ओसाका पनि रहेका छन् । गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरु लगाइएको थियो ।

आज मंगलबारदेखि यहाँका अधिकारीहरुले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाएको जनाएको हो ।

यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल रेष्टुरेन्टहरु सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो । तर अहिले ती सबै प्रतिबन्ध हटाइएको छ । यहाँ अब नागरिकहरु ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरु सञ्चालन गर्न पाउने भएका छन् ।

बाँकी प्रिफेक्चरहरुमा भने कोभिड १९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ । आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरु हटाउन सकिने सरकारले जनाएको छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५