विश्व सम्पदा सूचीमा सूचिकृत गद्दी भवनका सबै कक्ष नागरिकका लागि खुला गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 19, 2022
gaddi scaled 1

Processed with VSCO with preset

विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष नागरिकका लागि खुला गर्ने तयारी भएको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल नागरिकका लागि खुला गरिएको थियो । तर भूकम्पका कारण बन्द रहेको गद्दी बैठक पुनः खोल्न लागिएको हो ।

गद्दी बैठक पूर्ण रुपमा खोल्न हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट निर्णय गर्न लागिएको हो ।

गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनर्स्थापना एवम् सशस्त्र द्वन्द्वकालका दस्ताबेज र पृथ्वीनारायण शाहकालीन हातहतियार प्रदर्शनमा राखिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको छ ।

राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रुपमा उपयोग हुँदै आएको थियो ।

गद्दी बैठक नागरिकका लागि खुला गरेपछि हनुमानढोका दरबार क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा छ । अहिले दैनिक आन्तरिक र बाह्य गरी झण्डै तीन सय जना पर्यटकले हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वका स्थलको अवलोकन गर्दै आएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५