विश्व सम्पदा सूचीमा सूचिकृत गद्दी भवनका सबै कक्ष नागरिकका लागि खुला गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 19, 2022
gaddi scaled 1

Processed with VSCO with preset

विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष नागरिकका लागि खुला गर्ने तयारी भएको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल नागरिकका लागि खुला गरिएको थियो । तर भूकम्पका कारण बन्द रहेको गद्दी बैठक पुनः खोल्न लागिएको हो ।

गद्दी बैठक पूर्ण रुपमा खोल्न हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट निर्णय गर्न लागिएको हो ।

गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनर्स्थापना एवम् सशस्त्र द्वन्द्वकालका दस्ताबेज र पृथ्वीनारायण शाहकालीन हातहतियार प्रदर्शनमा राखिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको छ ।

राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रुपमा उपयोग हुँदै आएको थियो ।

गद्दी बैठक नागरिकका लागि खुला गरेपछि हनुमानढोका दरबार क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा छ । अहिले दैनिक आन्तरिक र बाह्य गरी झण्डै तीन सय जना पर्यटकले हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वका स्थलको अवलोकन गर्दै आएका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५