भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • March 18, 2022
corona

भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार करोड ३० लाख ४ हजार ५ पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले जनाएको छ ।

यसबाहेक शुक्तबार बिहानसम्म यस महामारीका कारण १४९ को ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या पाँच लाख १६ हजार २८१ पुगेको छ ।

भारतमा हाल २९ हजार १८१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र एक हजार ६१८ सक्रिय सङ्क्रमित घटेका छन् । कोरोना सुरु भएबाट हालसम्म भारतमा चार करोड २४ लाख ५८ हजार ५४३ सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा तीन हजार ९९७ कोरोनाबाट मुक्त भएका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५