इथियोपियाको अवस्था नाजुक : संयुक्त राष्ट्रसंघ

  • नेपाल राष्ट्रिय दैनिक
  • ४ चैत्र २०७८, शुक्रबार १५:०८
tigre 1

संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ ।

उत्तरी इथियोपियाका नागरिक खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ लामो समयदेखि द्धन्द्ध जारी रहेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकाय, ओचाले बिहीबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो ।

सो क्षेत्रमा अहिले पनि ८ लाख भन्दा बढी नागरिकले सहयताको खाँचो रहेको बताएका छन् । उनीहरुलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नकै खाँचो रहेको छ ।

तर पनि दिनमा बढीमा ७ हजार जनालाई मात्र सहयोग दिन सकिएको सो निकायले जनाएको छ ।

टिगरेमा यहाँका द्धन्द्धग्रस्त समूहहरुले संयुक्त राष्ट्रसंघीय समन्वयमा मानवीय सहायता वितरण गर्ने काममा पनि अवरोध उत्पन्न गरिरहेका बताइएको छ ।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५