रुसद्धारा जापान र अष्ट्रेलियामाथि थप प्रतिबन्धको घोषणा

  • नेपाल राष्ट्रिय दैनिक
  • March 18, 2022
123506408 epa

युक्रेनमाथि रुसी आक्रमणविरुद्ध विभिन्न मुलुकहरूले रुसी धनाढ्य र संस्थाहरूलाई प्रतिबन्ध लगाउने क्रम रोकिएको छैन ।

अमेरिका, ईयू, बेलायत, दक्षिण कोरियाजस्ता देशहरुले रुसमाथि विभिन्न किसिमका प्रतिबन्धहरूको घोषणा गरिसकेका छन् । यसैबीच अष्ट्रेलिया र जापानले पनि रुसमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् ।

अष्ट्रेलियाले रुसका धनाढ्य एवम् राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ ओलेग डेरिपास्का र भिक्टोर भेक्सेल्बर्गविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो । त्यस्तै, अष्ट्रेलियाले रुसको केन्द्रीय बैंकसहित ११ बैंक र संस्थानहरूमाथि पनि प्रतिबन्ध लगाएको छ ।

पछिल्लो प्रतिबन्धले रुसको सरकारी ऋण जारी र व्यवस्थापन गर्ने कार्यलाई प्रहार गरेको अष्ट्रेलियाको विदेश मन्त्रालयको दाबी छ ।

त्यसैगरी जापानले पनि थप १५ रुसी नागरिक र ९ संस्थालाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । जापानी प्रतिबन्धमा पर्नेमा रुसको सरकारी स्वामित्वको हतियार कम्पनी रोसोबोरोनएक्स्पोर्ट पनि समावेश छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५