पञ्जाबका मुख्यमन्त्रीले भगत सिंहले लिए सपथ

  • नेपाल राष्ट्रिय दैनिक
  • March 16, 2022
Bhawanta man GOaF42BP6e

आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्री पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनको शपथ ग्रहण समारोह पञ्जाबको नवांशहरस्थित भगत सिंहको जन्मभूमि खटकड कलानमा आयोजना गरिएको छ ।

राज्यपाल बनवारीलाल परोहितले भगवन्त मानलाई पद तथा गोपनीयताको शपथ गराएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भगवन्त मानले पञ्जाबी भाषामा भगवानको नाममा शपथ लिए । उनी प्रदेशको १७औं मुख्यमन्त्री हुन् । अहिले उनले मात्रै शपथ लिएका छन् भने अन्य मन्त्रीलाई शपथ ग्रहण गराइएको छैन ।

उक्त अवसरमा खटकर कलानमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए । नयाँ मुख्यमन्त्रीको अपीलअनुसार धेरैले पहेँलो पगरी र पहेँलो दुपट्टा लगाएका थिए ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५