पञ्जाबका मुख्यमन्त्रीले भगत सिंहले लिए सपथ

  • नेपाल राष्ट्रिय दैनिक
  • March 16, 2022
Bhawanta man GOaF42BP6e

आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्री पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनको शपथ ग्रहण समारोह पञ्जाबको नवांशहरस्थित भगत सिंहको जन्मभूमि खटकड कलानमा आयोजना गरिएको छ ।

राज्यपाल बनवारीलाल परोहितले भगवन्त मानलाई पद तथा गोपनीयताको शपथ गराएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भगवन्त मानले पञ्जाबी भाषामा भगवानको नाममा शपथ लिए । उनी प्रदेशको १७औं मुख्यमन्त्री हुन् । अहिले उनले मात्रै शपथ लिएका छन् भने अन्य मन्त्रीलाई शपथ ग्रहण गराइएको छैन ।

उक्त अवसरमा खटकर कलानमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए । नयाँ मुख्यमन्त्रीको अपीलअनुसार धेरैले पहेँलो पगरी र पहेँलो दुपट्टा लगाएका थिए ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५