अर्थ मन्त्रालयद्धारा आगामी वर्षको बजेटका लागि सरोकारवालाबाट सुझाव माग

  • नेपाल राष्ट्रिय दैनिक
  • March 16, 2022
Artha

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९ र ८० को बजेट निर्माणको क्रममा सरोकारवालाबाट सुझाव संकलन थालेको छ ।

मन्त्रालयले एक सूचना निकाल्दै मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको हो ।

आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा विभिन्न संघ(संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत र आम नागरिकले चैत मसान्त भित्र यस्तो सुझाव दिन सक्ने भएका छन् ।

मन्त्रालयको वेवसाइटमा रहेको ‘बजेट सजेसन ट्याव’मार्फत वा ‘बजेटसजेसनएटएमओएफडटजीओभीडटएनपी’मार्फत समेत पठाउन सकिने भएको छ । आर्थिक आर्थिक वर्षको बजेट १५ जेठमा संसदमा प्रस्तुत गर्नुपर्छ ।

सो क्रममा मंगलबार कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाबाट सुझाव लिइएको छ । मन्त्रालयले बजेट लेखनको प्रयोजनका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५