शेयर बजारमा आज ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

  • नेपाल राष्ट्रिय दैनिक
  • March 15, 2022
share

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १७ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १७ दशमलव १५ अङ्कले घटेर दुई हजार ६ सय ५० दशमलव ९७ विन्दुमा झरेको छ ।

आज होटल, बीमा र म्युचुल फन्डबाहेक अरू सबै कम्पनीको शेयर घटेको छ । यस्तै दुई सय २९ वटा कम्पनीका ६५ लाख २९ हजार कित्ता शेयर तीन अर्ब ३६ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ३४ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले तथा सगरमाथा इन्सोरेन्स र सोल्टी होटलको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५