आज सुनको मुल्य प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम

  • नेपाल राष्ट्रिय दैनिक
  • March 14, 2022
gold

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीले बताएका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५