झापा गोल्डकपको फाइनल आज, उपाधिका लागि त्रिभुवन आर्मी र झापा–११ खेल्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • March 14, 2022
Jhapa Gold cup

झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् । खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।

आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ । यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो।

प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५