प्रकाश सपुतको गीत ‘पिर’ मा विवाद गर्न आवश्यक छैन : प्रचण्ड

  • नेपाल राष्ट्रिय दैनिक
  • March 14, 2022
prachanda 2

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताउनु भएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताउनु भएको हो ।

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भनियो भने गलत हुने तर सशस्त्र द्वन्द्वका विषयमा केही टिप्पणी भने गर्न सकिने उहाँको भनाइ छ ।

सशस्त्र द्वन्द्वका विषयमा बहस भइरहने भएकाले यसबारे हुने तर्करवितर्क, पक्षरविपक्षलाई स्वाभाविक रूपले लिनुपर्ने प्रचण्डको भनाइ छ ।

सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाउँदै माओवादीका जनवर्गीय सङ्गठनका केही नेताले गीतको म्युजिक भिडियो युट्युबबाट हटाउन चेतावनी पनि दिएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५