सेयर बजार परिसूचक नेप्से आज १०१ अंकले बढ्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • March 13, 2022
Share badyo

आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ ।

केही समययता निरन्तर घट्दै २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आजै १०१ अंकले बढ्दै पुनः २६ सय ६७ अंकमा पुगेको हो ।

यसक्रममा आज ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १०० भन्दा बढी अंकले बढेपनि कारोबार रकम भने नबढेको हो । यसअघि, गत साताको विहीबार ५२ अंकले बढेको थियो ।

परिसूचकमा उत्साहजनक सुधार आएको दिन आज कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ ।

जसमध्ये जिवन बीमा समूहमा ९२२ अंकको सुधार आएको छ भने निर्जीवन बीमा समूहमा ५६७ अंकको सुधार आएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५