औषधि व्यवस्था विभागद्धारा एक महिनामा १४ वटा औषधि पसललाई कारबाही

  • नेपाल राष्ट्रिय दैनिक
  • March 13, 2022
649127085DDA

औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारबाही गरेको छ ।

विभागले गरेको निरीक्षणका क्रममा तोकिएको मापदण्ड पालना नगरेको पाइएपछि ती औषधि पसललाई कारबाही गरिएको हो ।

काभ्रे, गोरखा, लमजुङ र तनहुँका ती औषधि पसललाई विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार कारबाही गरेको बताएको छ ।

‘निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्ने प्रावधान राखिएको छ, त्यसको उपदफा ४ (क)मा निरीक्षण पछि परीक्षण गर्दा कुनै औषधि जन असुरक्षित, असरयुक्त र गुणस्तरयुक्त भएको पाइए पनि त्यस्तो औषधि उत्पादन, बिक्री वितरण, सञ्चय परिवहन वा निकासी पैठारी गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप गरेको पाइएमा औषधि जफत गरी त्यस्तो व्यक्तिको अनुज्ञापत्र छ महिनासम्म निलम्बन गर्न सक्ने,’ औषधि ऐन २०३५ को दफा २० मा उल्लेख छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५