औषधि व्यवस्था विभागद्धारा एक महिनामा १४ वटा औषधि पसललाई कारबाही

  • नेपाल राष्ट्रिय दैनिक
  • March 13, 2022
649127085DDA

औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारबाही गरेको छ ।

विभागले गरेको निरीक्षणका क्रममा तोकिएको मापदण्ड पालना नगरेको पाइएपछि ती औषधि पसललाई कारबाही गरिएको हो ।

काभ्रे, गोरखा, लमजुङ र तनहुँका ती औषधि पसललाई विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार कारबाही गरेको बताएको छ ।

‘निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्ने प्रावधान राखिएको छ, त्यसको उपदफा ४ (क)मा निरीक्षण पछि परीक्षण गर्दा कुनै औषधि जन असुरक्षित, असरयुक्त र गुणस्तरयुक्त भएको पाइए पनि त्यस्तो औषधि उत्पादन, बिक्री वितरण, सञ्चय परिवहन वा निकासी पैठारी गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप गरेको पाइएमा औषधि जफत गरी त्यस्तो व्यक्तिको अनुज्ञापत्र छ महिनासम्म निलम्बन गर्न सक्ने,’ औषधि ऐन २०३५ को दफा २० मा उल्लेख छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५