नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता हुनु आवश्यक रहेको बताउनुभएको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनको ५५औँ वार्षिक साधारणसभा एवं अधिवेशनको आज उद्घाटन गर्दै उपाध्यक्ष ढकालले व्यवसायी, राजनीतिक दल र सरकारको एकमत भएमा आर्थिक समृद्धितर्फ अघि बढ्न सहज हुने बताउनुभयो ।
सबैको सहकार्यमा संसारको सबैभन्दा राम्रो पर्यटकीयस्थलका रूपमा चितवनलाई स्थापित गराउन सकिने सम्भावना रहेको समेत ढकालले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमण तथा दुई देशको युद्धका कारण सबै क्षेत्रमा मूल्यवृद्धि भइरहेको ढकालको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ चितवनको साधारणसभा उद्घाटनका क्रममा व्यवसायी, पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्