पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता समस्या समाधान गर्न अध्यादेश ल्याए पनि अहिलेको सरकारले रोकेको दाबी गर्नुभएको छ ।
शनिबार वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउँदै उनले नागरिकता विधेयक फेरि आफूहरुले नै अघि बढाउने गर्नुभएको हो ।
अध्यक्ष ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभई जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो सरकारका पालामा मधेशमा विकास निर्माणको काम अघि बढाएको पनि बताउनुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्