युक्रेनमा रुससँग युद्ध लड्दैनौं : बाइडेन

  • नेपाल राष्ट्रिय दैनिक
  • March 12, 2022
joebiden1

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग युद्ध लड्न युक्रेनमा सेना नपठाउने बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रामकता बढ्दै गएको भन्दै उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) सँग सहयोग मागेको बेला बाइडेनको टिप्पणी आएको हो।

युक्रेनले नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्न तयार भए पनि रुससँग युद्ध नगर्ने बाइडेनले बताएका छन् । शनिबार, बाइडेनले , “हामी नेटो क्षेत्रको प्रत्येक इन्च एक संयुक्त र बलियो नाटोको पूर्ण शक्तिका साथ रक्षा गर्छौं।” त्यसैले हामी युक्रेनमा रुस विरुद्ध युद्ध लड्ने छैनौं’ भन्दै टुइट गरेका छन् ।

बाइडेनले रुस र नेटोबीचको प्रत्यक्ष टकरावले तेस्रो विश्वयुद्ध निम्त्याउने पनि बताएका छन् । “रूस र नाटो बीचको प्रत्यक्ष टकराव तेस्रो विश्व युद्ध हो जसलाई हामीले रोक्न प्रयास गर्नुपर्छ,” उनले भने।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५