युक्रेनमा रुससँग युद्ध लड्दैनौं : बाइडेन

  • नेपाल राष्ट्रिय दैनिक
  • March 12, 2022
joebiden1

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग युद्ध लड्न युक्रेनमा सेना नपठाउने बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रामकता बढ्दै गएको भन्दै उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) सँग सहयोग मागेको बेला बाइडेनको टिप्पणी आएको हो।

युक्रेनले नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्न तयार भए पनि रुससँग युद्ध नगर्ने बाइडेनले बताएका छन् । शनिबार, बाइडेनले , “हामी नेटो क्षेत्रको प्रत्येक इन्च एक संयुक्त र बलियो नाटोको पूर्ण शक्तिका साथ रक्षा गर्छौं।” त्यसैले हामी युक्रेनमा रुस विरुद्ध युद्ध लड्ने छैनौं’ भन्दै टुइट गरेका छन् ।

बाइडेनले रुस र नेटोबीचको प्रत्यक्ष टकरावले तेस्रो विश्वयुद्ध निम्त्याउने पनि बताएका छन् । “रूस र नाटो बीचको प्रत्यक्ष टकराव तेस्रो विश्व युद्ध हो जसलाई हामीले रोक्न प्रयास गर्नुपर्छ,” उनले भने।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५