युक्रेनका थप ३ सहरमा रुसको आक्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • March 11, 2022
industrial area in Cherniv PdT7D2cr1h

रुसले युक्रेनका थप तीन वटा सहरमा आक्रमण गरेको छ । यसअघि आक्रमण नभएको लुट्स, नीप्रो र इभानो–फ्रान्किभिस्कमा रुसी फौजले आक्रमण सुरु गरेको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यी फरक दिशामा रहेका सहरहरूमा रुसी फौजले गए राति एकै पटक आक्रमण गरेको हो । रुसी सेनाले ती सहरहरूमा विमानस्थल, लडाकु विमान मर्मत केन्द्र लगायतलाई लक्षित गरी विस्फोट गराएका हुन् ।
यस्तै रुसी सेना राजधानी किएभमा केन्द्रित हुन थालेका छन् । किएभबाट पाँच किलोमिटर नजिकै रुसी सेनाले घेरा हालिरहेका युक्रेनको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसैबीच रुसको आग्रहमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का कुटनीतिज्ञहरूको बैठक आज बस्दैछ । रुसले अमेरिकामाथि युक्रेनमा जैविकअस्त्र निर्माणमा सहायता गरिरहेको आरोप लगाउँदै त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक माग गरेको हो ।

अमेरिकाले रुसी आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५