युक्रेनका थप ३ सहरमा रुसको आक्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • March 11, 2022
industrial area in Cherniv PdT7D2cr1h

रुसले युक्रेनका थप तीन वटा सहरमा आक्रमण गरेको छ । यसअघि आक्रमण नभएको लुट्स, नीप्रो र इभानो–फ्रान्किभिस्कमा रुसी फौजले आक्रमण सुरु गरेको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यी फरक दिशामा रहेका सहरहरूमा रुसी फौजले गए राति एकै पटक आक्रमण गरेको हो । रुसी सेनाले ती सहरहरूमा विमानस्थल, लडाकु विमान मर्मत केन्द्र लगायतलाई लक्षित गरी विस्फोट गराएका हुन् ।
यस्तै रुसी सेना राजधानी किएभमा केन्द्रित हुन थालेका छन् । किएभबाट पाँच किलोमिटर नजिकै रुसी सेनाले घेरा हालिरहेका युक्रेनको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसैबीच रुसको आग्रहमा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का कुटनीतिज्ञहरूको बैठक आज बस्दैछ । रुसले अमेरिकामाथि युक्रेनमा जैविकअस्त्र निर्माणमा सहायता गरिरहेको आरोप लगाउँदै त्यसबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक माग गरेको हो ।

अमेरिकाले रुसी आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५