आइतबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक

  • नेपाल राष्ट्रिय दैनिक
  • March 11, 2022
parliament

संघीय संसदको प्रतिनिधिसभाको सम्भावित कार्यसूची सर्वाजनिक गरिएको छ ।

आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिभासको बैठकका लागि संघीय संसद सचिवालयले शुक्रबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५