साताको अन्तिम दिन आज नेप्से ५२ अङ्कले बढ्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • March 10, 2022
Share badyo

साताको अन्तिम दिन आज सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ ।

नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

बिहीबार नेप्से परिसूचक २५६६.७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत उलेख्य सुधार भएको छ । लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो ।

बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।

सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५