साताको अन्तिम दिन आज नेप्से ५२ अङ्कले बढ्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • March 10, 2022
Share badyo

साताको अन्तिम दिन आज सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ ।

नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

बिहीबार नेप्से परिसूचक २५६६.७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत उलेख्य सुधार भएको छ । लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो ।

बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।

सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५