संखुवासभा बस दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये १० जनाको सनाखत

  • नेपाल राष्ट्रिय दैनिक
  • March 10, 2022
bus acc AYzc8tBYDI

संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा भएको दुर्घटनामा बसका चालक र सहचालक दुवैको मृत्यु भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनामध्ये १० जनाको सनाखत भएको छ ।

जसमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षका उमेश भट्टराईको पनि मृत्यु भएको छ ।

दुर्घटनामा मादी नगरपालिका– ६ का ६ कि अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवालको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै अरु मृतकहरुमा मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सबिता राउत कार्की रहेका छन् । अझै एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुलेको छैन ।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५