मेक्सिकोमा गोली हानी १० जनाको हत्या

  • नेपाल राष्ट्रिय दैनिक
  • March 10, 2022
goli chalaiyo

मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ ।

मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन् ।

पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ ।मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ ।

हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो । त्यसैले यो हत्याकाण्ड पनि लागू पदार्थको किनबेचमा संलग्न समूहरुको झगडाका कारण हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

मारिएकाहरुको पहिचान हुन सकेको छैन । तीमध्ये कतिपय सोही घरका भए पनि सबैजना भने नभएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५