संखुवासभाको मादी नगरपालिका वडा नम्वर ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि गृहमन्त्री बालकृष्ण खाणले हेलिकोप्टर पठाउन निर्देशन दिनुभएको छ ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएकाले मृतकहरुको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।
गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिनुभएको हो ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्