संखुवासभामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिनुभयो ।
दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नम्वर ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्