ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर मृत्यु भएको पुष्टि

  • नेपाल राष्ट्रिय दैनिक
  • March 7, 2022
5 peopl dath family lalirput

ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर ज्यान गएको पुष्टि भएको छ ।

बेहोस भएका २२ वर्षका सुभाष तामाङको उपचारमा संलग्न ललितपुरको पाटन अस्पतालका डाक्टरले कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको बताएका ललितपुरका प्रहरी प्रवक्ता एवम् एसपी सिद्धीविक्रम शाहले जानकारी दिनुभयो ।

डाक्टरका अनुसार ज्यान जानुमा अरू कारण खासै देखिएको छैन । गम्भीर अवस्थाका तामाङको अहिले पनि उपचार चलिरहेको छ ।

हिजो आइतवार बेलुका खाना खाएर सुतेका ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष, नातिनी आश्मा र दुई दिनको शिशुको आज सोमवार बिहान ज्यान गएको हो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५