२४ घण्टामा ६८ जनामा कोरोना सङ्क्रमण, ५ सय ३८ जना निको

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
coronaa bharat

पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनामा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २९ जनाको नमुना परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ३८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ६ हजार चार सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८८ हजार पाँच सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५