संसद बैठक फागुन २९ गतेसम्मका लागि स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
Samsad

प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ ।

आइतबारको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो ।

सभामुख अग्नि प्रसाद सापकोटाले आजको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको घोषणा गरेसँगै अर्को बैठक २०७८ फागुन २९ गते आइतबार दिनको १ बजेका लागि तय गरिएको जानकारी दिनुभयो ।

महाभियोग सिफारिस समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहनुभएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५