मास्टरकार्ड र भिसाले रूसमा आफ्नो सेवा बन्द गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
card

मास्टरकार्ड र भिसाले रसियामा आफ्नो सञ्चालन स्थगित गर्ने भएको छ।
युक्रेनमा आक्रमण पछि देशको वित्तीय प्रणालीमा यो कदमले रुसलाई ठुलो असर गर्ने ति कम्पनिहरुले बताएका छन् ।

मास्टरकार्डले रूसी बैंकहरूद्वारा जारी गरिएका कार्डहरू अब आफ्नो नेटवर्कद्वारा समर्थन नगर्ने र देश बाहिर जारी गरिएको कुनै पनि कार्डले रूसी स्टोर वा एटीएमहरूमा काम नगर्ने बताएको छ।

ग्राहकहरू, साझेदारहरू र सरकारहरूसँगको छलफल पछि यो कदम चालेको मास्टरकार्डले एक विज्ञप्तिमा उल्लेख गरेको छ।भिसाले आगामी दिनहरूमा सबै भिसा कारोबारहरू बन्द गर्न रसियाका ग्राहकहरू र साझेदारहरूसँग काम गरिरहेको बताएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५