मास्टरकार्ड र भिसाले रसियामा आफ्नो सञ्चालन स्थगित गर्ने भएको छ।
युक्रेनमा आक्रमण पछि देशको वित्तीय प्रणालीमा यो कदमले रुसलाई ठुलो असर गर्ने ति कम्पनिहरुले बताएका छन् ।
मास्टरकार्डले रूसी बैंकहरूद्वारा जारी गरिएका कार्डहरू अब आफ्नो नेटवर्कद्वारा समर्थन नगर्ने र देश बाहिर जारी गरिएको कुनै पनि कार्डले रूसी स्टोर वा एटीएमहरूमा काम नगर्ने बताएको छ।
ग्राहकहरू, साझेदारहरू र सरकारहरूसँगको छलफल पछि यो कदम चालेको मास्टरकार्डले एक विज्ञप्तिमा उल्लेख गरेको छ।भिसाले आगामी दिनहरूमा सबै भिसा कारोबारहरू बन्द गर्न रसियाका ग्राहकहरू र साझेदारहरूसँग काम गरिरहेको बताएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्