आज देशभर १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • March 1, 2022
coronaa bharat

पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५४ रहेको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या सात हजार ९७१ रहेको छ ।

जसमध्ये ७ हजार ७७३ जना होम आइसोलेसनमा रहेका छन् भने १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ७५ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५