चितवनमा मतदाता नामावली अद्यावधिक गरिदैं

  • नेपाल राष्ट्रिय दैनिक
  • February 28, 2022
1610534606407

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिकको काम अघि बढाइएको छ ।

निर्वाचन कार्यालयले फागुन १९ गते सात वटा स्थानीय तहका ९८ वडामा फोटोसहितको नामावली पठाउने तयारी गरेको छ । वडामा फोटोसहितको नामावली पठाएपछि २० गतेबाट २६ गतेसम्म दाबी विरोधको समय तोकिएको निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिनुभयो ।

मतदाताले सम्बन्धित वडामा गएर नाममा त्रुटी भए सच्याउन तथा मतदानस्थल परिवर्तन गर्न पाउने उहाँले बताउनुभयो । एउटै वडा भित्रका मात्रै मतदानस्थल स्थल परिवर्तन गर्न पाइने समेत उहाँले बताउनुभएको छ ।

वडाबाट दाबी विरोध भएर आएपछि २७ गते नामावली निर्वाचन आयोगमा पठाइनेछ । आयोगबाट अद्यावधिक भएर आएपछि अन्तिम नामावली प्रकाशित गरिनेछ । उहाँका अनुसार यस पटक तीन लाख ९९ हजार ८७१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। यि सबै नामावली आयोगमा पठाइनेछ ।

यस पटक चितवनमा ८६ हजार नयाँ मतदाता थपिएका छन् । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा चितवनमा तीन लाख १३ हजार तीन जना मतदाता थिए । सर्वसाधारणको सहजताका लागि प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५