धर्मशाला छिट्टै फिर्ता ल्याउने पर्यटनमन्त्री आलेको प्रतिवद्धता

  • नेपाल राष्ट्रिय दैनिक
  • February 22, 2022
prem aale

भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताउनुभएको छ ।

महाशिवरात्री पर्व २०७८ को तयारीका बिषयमा पशुपति क्षेत्र बिकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले अदालतले समेत बाटो खोलिदिएकाले धर्मशाला छिट्टै फिर्ता ल्याउने बताउनुभएको हो ।

मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको भन्दै अब त्यस्तो काम हुन नदिने स्पष्ट पार्नुभयो ।

धर्मशाला भइदिएको भए भारतबाट आएका साधु–सन्त तथा वृद्धवृद्धा बस्न पाउने भएपनि अहिले त्यस्तो हुन नसकेको उनको भनाई छ । उनले यस वर्षको महाशिवरात्रीलाई भव्य र सभ्य बनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिनुभयो ।

पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले यस वर्ष महाशिवरात्रीमा करिब १० लाखले पशुपतिनाथको दर्शन गर्ने र करिब सवा करोड खर्च हुने अनुमान गरिएको बताउनुभयो। त्यस्तै सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुन उहाँले जानकारी दिनुभयो ।

महाशिवरात्री पर्वलाई सम्पन्न गर्न २५१ सदस्यीय मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको पनि कोषले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५