आज देखी पेट्रोलियम पदार्थको मूल्य वृद्धि

  • नेपाल राष्ट्रिय दैनिक
  • February 20, 2022
nepal aayal nigam

नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ ।

नेपाल आयल निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेशन्स्‌ले पठाएको नयाँ मूल्यसूचीअनुसार कार्यान्वयन गर्दा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढेको निगमले बताएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मटितेल १ सय २८ रुपैयाँ पुगेको छ । मूल्य वृद्धि पश्चात पनि निगमले १५ दिनमा २ अर्ब ४० करोड घाटा हुने जनाएको छ ।

petrol price increase
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५