टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत आज भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ ।
ओमानको अल अमेरत स्टेडियममा भएको खेलमा नेपालले फिलिपिन्स विरुद्ध आफ्नो सान्दार प्रदर्शन गर्दै फराकिलो अन्तरले खेल जित्न सफल भएको छ । आजको खेलमा कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय खेल मार्फत किर्तिमान कायम गर्दै सबैको मन जित्न सफल भएका छन् । भुर्तेल, पारस खड्कापछी टी–२० अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बनेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २१८ रन जोड्न सफल भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्