दिक्तेल बजारमा ढलान गरिएको सडक जीर्ण बन्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • February 18, 2022
KM Khotang

9nfg ul/Psf] ;8sdf kfl/Psf] vfN8f] vf]6fª, ^ kmfu'g M lhNnfsf] k|d'v Jofkfl/s s]Gb| lbQm]n ahf/l:yt /Tgkfs{ If]qdf 9nfg ul/Psf] ;8sdf kfl/Psf] vfN8f] . ;x/L vfg]kfgL tyf ;/;kmfO cfof]hgfsf 7]s]bf/n] 9nfg ul/Psf] ;8ssf] /8 tyf l;d]G6 sf6]/ vfg]kfgL lj:tf/sf] sfd ubf{ pQm ;8s hL0f{ aGb} uPsf] 5 . tl:a/ M s]bf/ du/÷/f;;

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान काटेर खानेपानी विस्तारको काम भइरहेको छ ।

ढलान गरिएको सडकमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ । ढलान गरेर सञ्चालनमा ल्याइएको दिक्तेल बजारको सडकमा प्रयोग गरिएका रड काटेर खानेपानी आयोजनाको काम गर्दा कतिपय ठाउँमा पैदलयात्रु तथा सवारीसाधन खाल्डोमा पर्दै आएका छन् ।

ढलान गर्दा बिच्छ्याइएको रड टुक्रा पार्दै खाल्डो बनाएर खानेपानी जडान गरेपछि पुनः ढलान गर्दा ठेकेदारले बिनारड गिट्टी, बालुवा र सिमेन्टमात्रै प्रयोग गरेकाले उक्त सडक जीर्ण बन्दै गएको हो ।

खानेपानी आयोजनाका कारण सडक जीर्ण बन्दै गएको विषयमा कसैको ध्यान नपुगेको नेकपा ९माओवादी केन्द्र०का युवानेता मिलनचन्द्र राईले आरोप लगाउनुभयो ।

भत्काइएको सडक पुनः पुरानै अवस्थामा आउने गरी आयोजनाको काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो ।

नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागको पाँच करोडको लागतमा दिक्तेल बजारस्थित किराँत चोकबाट मानवअधिकार चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । क्रमागत योजनाअन्तर्गत मानवअधिकार चोकबाट हाटडाँडासम्मको बाँकी सडकमा अहिले ढलान भइरहेको छ ।

जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा सदरमुकामसमेत रहेको दिक्तेल बजारको धुलाम्मे सडक यसअघि पनि पटक–पटक ढलानको प्रयास गरिएको थियो । दिक्तेल बजारकै केही स्थानीयवासीको अवरोधका कारण विभिन्न निकायबाट यसअघि आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो ।

निर्माणाधीन अवस्थामा रहेको सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पाइप दिक्तेल बजारको सडक ढलान हुनुअघि जडान गर्दा नै ठेकेदार कम्पनीले कमजोरी गरेको उपभोक्ताको आरोप थियो । पुरानो खानेपानी आयोजनाको पाइप हटाइ सकिएकाले दिक्तेल बजारका कतिपय ठाउँमा अहिले पानी पुग्दैन ।

दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजारमा सञ्चालित पुरानो खानेपानी आयोजनाबाट करिब ८०० वटा धारा वितरण गरिएको थियो । ती धारामा पानी नआएपछि बजारवासी आसपासको गाउँबाट पानी ल्याएर उपभोग गर्न बाध्य छन् । रासस

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५