चितवनका ५६ हजार बढी बालबालिकाले लगाए मोडर्ना खोप

  • नेपाल राष्ट्रिय दैनिक
  • February 14, 2022
Moderna

चितवनमा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो ।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् ।

कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो ।

यसअन्तर्गत २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो । जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ । रासस

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५