चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटियो, फर्म आसपासका पक्षीहरू नष्ट गर्ने तयारी

  • नेपाल राष्ट्रिय दैनिक
  • February 11, 2022
birdflu evZAalukMM

540837728

पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ ।

राप्ती नगरपालिका ६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

कुखुरा मर्न थालेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो ।

बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्ड फ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको थियो ।

सोहीअनुसार आज फर्म आसपासका पक्षीहरू नष्ट गर्ने तयारी भइरहेको कृषि विज्ञ केन्द्र चितवन, भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र भरतपुरका निमित्त प्रमुख प्रभात न्यौपानेले जानकारी दिनुभयो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५