मधेस प्रदेशले किसानका समस्या पहिचान गरी समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।
समितिमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश श्राफ सदस्य छन् ।
समितिलाई मल, सिँचाइ, बीउ, डुबान, बीमालगायतका समस्या पहिचान गरी थप रणनीति बनाउने, मधेस प्रदेशको भूउपयोग नीति तर्जुमा गर्ने र कृषि सुधारका लागि भएका गतिविधिको समीक्षा गर्ने जिम्मेवारी दिइएको छ । मधेस प्रदेशका प्रवक्ता शैलेन्द्र साहले जानकारी दिए ।
समितिलाई १५ दिनभित्र अन्तरिम प्रतिवेदन र एक महिनाभित्र पूर्ण प्रतिवेदन बुझाउन निर्देशन जारी गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्