पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । आज थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।
सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।
हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् । यसैबीच पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ५७ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा संक्रमितको कुल संख्या १ लाख ३० हजार ६८१ जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ८ लाख ७१ हजार १६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्